पत्रपत्रिकामा प्रकाशित
यौन दुर्व्यवहारका मनोवैज्ञानिक पक्ष
एक दशकअगाडि एक ४० वर्षीया विदेशी महिला मसम्म आइपुगिन् । ९–१० वर्षको उमेरमा आफ्नै परिवारका सदस्यले गरेको यौन दुर्व्यवहारका डरलाग्दा अनुभव र आघात बोकेर आएकी उनी हुर्किने क्रममा कहिल्यै सन्चो भइनन् । अझ विपरीतलिंगीसँगका सम्बन्धहरू कहिल्यै निर्वाह गर्न नसकेकै कारण खुसी नभएको अनुभव थियो उनीसँग । जब उनलाई कुनै सम्बन्ध दिगो हुन लागेको आभास हुन्थ्यो, तब यौन दुर्व्यवहारको आघात […]
कोरोना महामारीमा बालबालिकाको मानसिक स्वास्थ्य
विश्वभरि फैलिएको कोरोना भाइरस सङ्क्रमणले ३० करोडभन्दा बढी मानिसलाई प्रत्यक्ष असर पारेको छ भने अप्रत्यरुपमा विश्वका सात अर्ब जनसंख्यालाई प्रभावित पारेको छ । यो जनस्वास्थ्य सङ्कटले आर्थिक, सामाजिक र व्यक्तिगत पाटोमा पनि नराम्ररी असर गरिरहेको छ। समग्रमा हेर्दा कोरोना भाइरसले बालबालिकालाई तुलनात्मक रूपमा कम सङ्क्रमित गरेको देखिएको पाइए पनि यसले निम्त्याइरहेको मानसिक असर भने गहिरो […]
जनस्वास्थ्य समस्याका रूपमा आत्महत्या
आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने नारासहित यो वर्ष आज अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवस मनाइँदैछ । सन् २००३ देखि सेप्टेम्बर १० मा यो दिवस बढ्दो आत्महत्या रोकथामका लागि जीवन बहुमूल्य हुन्छ भन्ने जनचेतना फैलाउन मनाउँदै आइएको छ । पहिलो केही वर्षहरूमा फरक–फरक नाराहरू लिइएको भए पनि विगत तीन वर्षदेखि एउटै नारा लिइएको छ । यसको कारण आत्महत्या व्यक्तिगत समस्या […]
महामारीमा विरोध प्रदर्शनको मनोवैज्ञानिक पक्ष
जब स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार, आरडिटी परीक्षणको गुणस्तरहीनता र अनियन्त्रित संक्रमणले युवा दिक्क हुन्छन्, चुप लागेर बस्न सक्दैनन् कोरोना भाइरस संक्रमितको संख्या र मृत्युमा वृद्धि भइरहेका वेला युवाहरूको शान्तिपूर्ण विरोध प्रदर्शनले धेरैको ध्यान खिच्यो । मुलुकभर कोरोना भाइरसको जोखिम बढिरहेका वेला शारीरिक दूरी कायम राख्नुपर्ने वेलामा खुकुलै भए पनि बन्दाबन्दीको अवस्थामा निडर भएर जोस र विरोधका […]
बन्दाबन्दीमा किशोर/किशोरीको मानसिक स्वास्थ्य
कोरोना भाइरसको महामारीले निम्त्याएको बन्दाबन्दीको अवस्थामा हामी सबैको दैनिक क्रियाकलाप प्रभावित भएका छन् । अन्योल, छटपटी र डरको यो अवस्थाले प्रभावित हुने बालबालिका, स्वास्थ्य समस्या भएका वयस्क र वृद्ध अवस्थाका मानिसको शारीरिक र मानसिक स्वास्थ्यका बारेमा चर्चा भए पनि किशोरावस्थाका व्यक्तिहरूका विषयमा कमै चासो भएको देखिन्छ । टिनएजर्स भनिने किशोर/किशोरीको समूह कोरोना भाइरस संक्रमणको कम […]
कोरोनाले निम्त्याएको डरको मनोविज्ञान
प्रविधिका कारण प्राप्त हुने नकारात्मक समाचार र मिथ्या सूचना पढेर झन् बढी मानसिक समस्या बढिरहेको छ कोरोना भाइरसको महामारीले लगभग पूरै संसार डर, त्रास र शोकबाट गुज्रिरहेका वेला हामी नेपालीलाई यसले दिनदिनै अझ बढी सशंकित र त्रसित बनाइरहेको छ । यो बन्दाबन्दीको समय र नेपालमा संक्रमितको सख्या ४२ पुगेपछि हाम्रो धेरैजसो समय कोरोना भाइरससम्बन्धी समाचार, […]
स्कुल पठाउने उचित उमेर
अक्षराम्भ गराउने सांस्कृतिक दिन श्रीपञ्चमी र नयाँ शैक्षिक सत्र सुरु हुने समय नजिकिँदै गर्दा अभिभावकलाई आफ्नो बच्चा विद्यालय पठाउने बेला भयो कि भएन भन्ने प्रश्नले सबैभन्दा बढी सताउने गर्छ। सहरीकरण र विकाससँगै हाम्रो जीवनशैली, भोगाइ, सोचाइ र बालबालिकाको लालनपालन गर्ने तरिकामा जे–जस्ता परिवर्तन आएका छन्, तिनले पनि अहिलेका आमा–बुवालाई आफ्ना बालबालिकाको भविष्यप्रति बढी चिन्तित बनाएका […]
मनोसामाजिक सहयोगको खाँचो
गत वैशाख १२ गते गएको भूकम्पमा देशले खेपिरहेको क्षति पीडादायक छ। यति बेला राज्यसहित विभिन्न राष्ट्रहरू, संघ संस्थाहरू र व्यक्तिगत हिसाबले राहत सहयोग आइरहेको छ। यद्यपि सहयोग पर्याप्त मात्राका नपुगेको गुनासो पनि छ। सिँगो देश नै यसरी विपत्तिमा परेको बेला जन, धन र भौतिक संरचनाको जुन रूपमा क्षति भएको छ, त्यसको पुन:संरचना र पुन:स्थापनाका लागि […]